आज उपत्यकामा गाइजात्रा पर्ब मानाइदै छ…..

0

उपत्यकामा दिवङ्ग भएका आफन्तजनहरुको सम्झनामा निकालिएको गाईजात्रामा मानिस वा गाईलाई सिंगारेर वसन्तपुर नगर घुमाउने चलन रहेको छ | यसरी नगर परिक्रमा गर्दा मृत्यु भएका व्यक्तिहरुका आत्मा गाईको पुच्छर समातेर बैतरणी नदि पार हुने धार्मिक बिश्वास रहेको छ |Prabin-Shrestha(Gai)-4444Prabin-Shrestha(Gai)-4479          मल्ल काल देखि सुरु भएको यो बिश्वास अहिले सम्म पनि नेवार समुदायेमा चलिरहेको छ | राजा प्रताप मल्लको पुत्र अल्पयुगमै निधन भएपछि रानी धेरै शोकमा गएपछि यस्तो शोक तिमीलाई मात्र होइन अरु सबैलाई परेको छ भन्ने देखाउन निमित राजा मल्लले वर्षदिन भित्र दिवंगत आत्माको स्मरणमा गाइजात्रा निकाल्न लगाएको थियो | हरेक मृतको घर घरबाट निस्केको गाईजात्रा देखेपछि रानीको शोक केहि कम भएको जन धारणा तथा बिश्वास रहेको पाइन्छ|