ट्राभल एजेन्सी एसोसिएशन अफ नेपाल (टान)…

0

            ट्राभल एजेन्सी एसोसिएशन अफ नेपाल (टान) द्वारा आज पूर्व अध्यक्षहरुको सल्लाहकार समित गठन गर्नका लागि छलफल कार्यक्रमको आयोजना गरीयो । उक्त कार्यक्रममा टानका वर्तमान अध्यक्ष चन्द्र रिजालले पूर्व अध्यक्षहरुको निश्वार्थ सेवाभावनाले गर्दा टान आज यहाँसम्म आइपुगेको वताउनुभयो । पूर्व अध्यक्षहरुको सल्लाहकार परिषद गठन गरि त्यसलाई सक्रिय वनाउन सके टान लाई नया दिशानिर्देश हुने उहाँको भनाइ थियो ।
Prabin Shrestha (Taan)-9824Prabin Shrestha (Taan)-0058
कार्यक्रममा उपस्थित हुनुभएका पूर्व अध्यक्षहरुको विचार प्राय मिल्दोजुल्दो थियो । वर्तमान कार्य समितिको कार्यकाल एकवर्ष मात्र बाँकि भएको हुँदा  सल्लाहकार समितिको कुनै अर्थ नभएको र सल्लाहकार समितिले दिएको सुझाव मान्न टान वाध्य नहुने भएको हुँदा  समिति आवश्यक नहुने तर्क थियो । यो समयमा टानले कुनै दिगो हुने किसिमको नयाँ कार्यक्रम व्यवसायी विचल्याउनु पर्ने विचार सवैको थियो ।
टानको संस्थापक अध्यक्ष श्रीमती अम्वीका श्रेष्टको भनाईमा सल्लाहकार परिषद वनाउने नै हो भने सिमित व्यक्तिको वनाउनु वेस हुने तर अव यसको लागि पनि समय कम भएकोहुँदा समश्या परेको समयमा मात्र पूर्व अध्यक्षहरुको सल्लाह लिनु उपर्युक्त हुने तर सल्लाहकारले दिएको सल्लाह मान्न टान वाध्य भने नहुने कुरा वताउनुहुँदै यस्तो सल्लाहकार परिषद गठन नगर्दा वेश हुने तकर्क दिनुभयो ।
समारोहमा टानको स्थापनाकाल देखि हाल सम्मका कार्यसमितिका अध्यक्ष तथा कार्य समितिलाई सम्मान गरिएको थियो ।