हरेक वर्षको भाद्र कृष्ण अस्तमीको दिन मध्ये रात भगवान विष्णुको आठौ आवतारका स्वोरुपमा कंसको अन्त्य गर्नकोलागी श्री कृष्ण भगवान को जन्म भएको मानिन्छ | यहि शुभ आवसरमा हिन्दु धर्माबलम्बीहरुले श्री कृष्णको जन्म दिनलाई बार्षिक पर्वको रुपमा श्री कृष्ण जन्मस्तामी मनाउने चलन छ | कृष्णस्तामीको मध्ये रात लाई जनभाषामा श्री कृष्णस्तामी वा मोहरात्री भन्ने गरिन्छ |श्री कृष्ण जन्मस्तामीको दिन नेपाल अधिराज्य भरि विभिन्न कृष्ण मन्दिर हरुमा श्रदालु हिन्दु धर्मालम्बीको घुइचो र मेला लाग्ने र भगवान श्री कृष्णको पुजाआरम्भ , भजनकिर्तन गर्नुका साथसाथै महिलाहरु व्रत बसि रातभर जागरण बस्ने चलन छ | बैशाख १२ गते गएको महा भूकम्प मा भग्नावेश भएको कृष्ण मन्दिर मा भगवान कृष्णको मुर्ति स्थापना गरि पुजाआजा गर्ने भक्तजनहरुको भिड धेरैनै रहेको छ | बसन्तपुरको यो कृष्ण मन्दिर पुर्णनिर्माण हुदै छ |
Previous Articleश्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्ने…..
Next Article तिजको रहर आयो वरिलै ……