नेपाली काँग्रेस केन्द्रीय सदस्य खुमबहादु खड्का नेतृत्वको हिन्दु राष्ट्र स्थापना महाअभियानले मुलुकमा देखापरेको अस्थिरता र अन्योलता अन्त्यका लागि हिन्दू राष्ट्र कायम गर्नुको विकल्प नभएको निष्कर्षको पहिचान गरेका छन । सनातन हिन्दु राष्ट्र बनाऔं ,नेपाल बचाऔं भन्ने मुल मन्त्रका साथ आज राजधानीको प्रज्ञाभवनमा आयोजित बिहङ्गम अन्तरक्रियात्मक राष्ट्रिय गोष्ठीलाइ सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले हिन्दु धर्मको रक्षाका लागि सशक्त आन्दोलन गर्नुको विकल्प नभएको जिकिर गर्दै हिन्दु धर्म नरहे राष्ट्रियता पनि नरहने भन्दै उनले आन्दोलनको लागि तयार रहन निर्देशन दिएका छन । त्यस्तै उहाँले सम्बोधनकै क्रममा विपी विचारको चिन्तन सहित पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र राष्ट्रियताको रक्षाका लागि संघर्ष गर्नुपर्ने समय आएका कारण अव किन्चित पनि विचलित नहुन आग्रह समेत गर्नु भएको छ ।
Previous Articleआपतकालीन अवस्था, पुर्नस्थापना तथा पुनर्निर्माणमा……
Next Article Gender-responsive disaster risk reduction (DRR)..