काठमाडौंको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको१० वटै मतगणना काठमाडौं विभिन्न स्थानमा शुक्रबार बिहान ११ बजेबाट शुरु गरिएको छ ।
सर्वदलीय बैठक सम्पन्न भएसँगै काठमाडौंको सबै निर्वाचन क्षेत्रको मतगणना एकसाथ सुरु गरिएको हो ।
काठमाडौं क्षेत्र नम्बर १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहबाट शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलको नेतृत्वमा मतगणना शुरु भएको छ ।
यस्तै क्षेत्र नम्बर ५ र ७ को मतगणना नयाँ बानेश्वरस्थित सहकारी विकास तालिम केन्द्रको हलमा शुरु भएको छ । क्षेत्र नम्बर ८ को बबरमहलको वन विभाग मतगणना गरिएको छ भने क्षेत्र नम्बर ६ को मतगणना बबरमहलस्थित जिल्ला समन्वय समितिको हलमा र क्षेत्र नम्बर ९ तथा १० को मतगणना नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट शुरु भएको छ ।
मतगणना स्थल वरपर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन आयोगले ४ दिन भित्र प्रत्यक्षतर्फ र ८ दिन भित्र समानुपातिकतर्फको समेत मतपरिणाम सार्वजनिक गरिसक्ने जनाएको छ ।
काठमाडौं क्षेत्र नं. १ को चुनाव हुन अघि नै सबैले नेपाली कांग्रेसका प्रकाशमा सिंह र विवेकशिल साझाका रविन्द्र मिश्रको चाख लिइरहेको छ भने अहिलेसम्म नेपाली कांग्रेसका सिहले ९७० मत प्राप्त गर्नुभएको छ भने विवकेशिल साझा पार्टीका मिश्रले ६७० मत प्राप्त गर्नुभएको छ ।