१०३ औं गणेशमान जन्मजयन्ती…

0

                    गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले सर्वमान्य नेता गणेशमान सिंहको १०३ औं जन्मजयन्तीको अवसरमा शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा डा यादवलाई सम्मान गरिएको हो ।पूर्व राष्ट्रपति डा रामबरण यादव सम्मानित भएका छन । पूर्व राष्ट्रपति यादवलवाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित गरेकी हुन । जनआन्दोलनको गरिमाका बारेमा राम्रै जानकार रहेको बताउँदै डा यादवले जनआन्दोलन स्वर्णपदकबाट अझ बढी देशसेवामा लाग्ने प्रेरणा मिलेको बताए ।

                    गणेशमान सिंह नेपालकै एक साहसी योद्धा भएको भन्दै उहाँको सम्मान हुनुपर्नेमा पूर्व राष्ट्रपति यादवको भनाई थियो ।त्यस्तै राष्ट्रपति भण्डारीले गणेशमान सिंहको योगदानको चर्चा गरीन । कार्यक्रममा रक्षा मन्त्री एवं नेपाली काँग्रेसका नेता भीमसेन दास प्रधानले भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रलाई १९९७ सालका शहीद धर्मभक्त माथेमाको नाममा नामाकरण गर्न प्रस्ताव गरेका थिए ।