देशमा चुनावी सरगर्मी बढ्दै गइरहेको बेला विवेकसिल साझा पार्टीले पनि आफ्नो चुनावी कार्यक्रमलाई तिव्रता दिन थालेको छ ।
यसै क्रममा काठमाडौंको गोंगबुमा आयोजित कार्यक्रममा रन्जु दर्शनाले देशलाई युवाहरुको खाँचो परेको र विवेकशिल साझा पार्टीले देशका लागि सकारात्मक सोच राखेकै कारण पार्टीलाई जनताहरुले रोजेको बताउनु भयो ।
उहाँले जनताले नयाँ पार्टीको खोजिरहेको र विवेकशिल साझा पार्टी भद्र आन्दोलनमा लागेको समेत बताउनुभयो ।
त्यसै गरी काठमाडौं क्षेत्र नं ७ का उम्मेदवार अनुपा श्रेष्ठले मातृभुमीमा भइरहेको भ्रष्टाचारको अन्त्य गर्नका लागि आफूहरु लागिरहेको र आफूलाई जनताले विकल्पको रुपमा रोजिसकेको समेत धारणा राख्नुभयो ।
उक्त कार्यक्रमा पार्टीका विभिन्न उम्मेदवारले आ–आफ्ना विचार राखेका थिए ।
भिडियो हेर्नुहोस्