नेपालको बैंकिङ्ग क्षेत्रमा फरक पहिचान बनाउन सफल रहेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक वेबसाइट सार्वजनिक गरेको छ । यस बेबसाइटलाई डब्ल्यूडब्ल्यूडब्ल्यू डट सीटीजेटएनबैंक डट कममा हेर्न सकिने छ । यस वेबसाइटलाई डाइनामिक भर्सनमा स्तर वृद्वि गरिएको छ र अव उपरान्त यस लाई कुनै पनि स्मार्ट फोन बाट सजिलै प्रयोग गर्न सकिने छ।
यस वेबसाइटमा घरबाट नै खाता खोल्न मिल्ने, कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध छ । अनलाइन आस्बा, डीम्याट, केवाईसी, मेरो शेयर, स्मार्ट बैंकिङजस्ता आकर्षणहरु रहेको योे धभदकष्तभ अत्यन्तै ग्राहक मुखी रहेको छ । सरोकारवालाहरुले बैंकको बारेमा प्राथमिकजानकारी लिन अब बैंक धाउनु पर्ने अवस्था को अन्त्य हुनेछ ।
यस नयाँ वेबसाइटको सर्वजनिकरण गर्दै गर्दा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेललेसमयको प्रवाहसंग बैंकचल्दै आएकोे कुरा व्यक्त गर्नु भयो । आगामी दिनहरुमा पनि बैंक नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिंग सेवालाई सरल र छरितो रूपमा पुर्याउन बैंक कटिवद्ध रहेको कुरा जानकारी गराउनु भयो । साथै यस वेबसाइटलाई अझै प्रभावकारी बनाउनका निम्ति ग्राहक वर्गमा सल्लाह एवम सुझावको अपेक्षा राख्नु भयो ।