मलेसियालाई हराउँदै नेपाल फाइनलमा

0

थाइल्यान्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटमा शनिबार थाइल्यान्डमा भएको सेमिनाफाइनलमा ७२ रनले मलेसियालाई पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । मलेसियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित समयसम्म ३४ ओभरमा ८ विकेटको क्षतिमा १ सय २७ रन जाड्न सफल भएको थियो । नेपालले उपाधिका लागि आइतबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले दिएको १२८ रनको लक्ष्य मलेसियाले २१.१ ओभरमा ५५ रनमा अलआउट भयो । सूर्य तामाङले ४ विकेट लिए भने प्रतिश जिसीले ३ विकेट हात पार्दा कुशल मल्ल र अजय कुमार लोनियाले १–१ विकेट लिए । नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिश जिसीले सर्वाधिक २५ रनको योगदान गरे । उनले २२ बलमा समान १–१ चौका र छक्का प्रहार गरे भने नारायण जोशी र सुनिल भण्डारीले १७–१७ रनको योगदान गरे । नारायणले २२ बलमा २ छक्का हिर्काउँदा सुनिलले १९ बलको सामना गर्दा २ चौका प्रहार गरे ।

यस्तै कप्तान रित गौतमले ११, त्रितराज दासले १३, र विशालविक्रम केसीले १५ रन जोडे । ओपनिङ ब्याट्सम्यान राजन मगरले ११ रनको योगदान गरे । खराब ओपनिङ गरेको नेपालले २३ ओभरमा ५ विकेट गुमाएर ६७ रन जोडेको थियो । तर तल्लो क्रमका ब्याट्सम्यानले आक्रामक ब्याटिङ गरेका थिए ।