बंगलादेशमा निर्मित मोटरसाइकल रनर अटोमोबाइल्स एण्ड रमान मोटर्सले शनिबार हायाट होटलमा लन्च गरेको छ ।
बंगलादेशको मोटरसाइकल उत्पादक कम्पनी रनरले नेपालमा ७ वटा मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो ।
नेपालका लागि आधिकारिक बिक्रेता भने यसले रमान मोटर्सलाई नियुक्त गरेको छ । रनरले नेपालमा ८० सिसि देखि १ सय ५० सिसि सम्मको रनर मोटरसाइकल सार्वजनिक गरेको हो ।
कार्यक्रममा रनर ग्रुप अफ कम्पनीका प्रमुख हाफिजुर रहमान खान, रनर अटोमोबाइल्सका सिइओ मुकेश शर्मा र रमान मोटर्सका सिइओ रमान महतोको उपस्थिति रहेको थियो ।
रनर अटोमोबाइल्सका सिइओ शर्माले भने नेपालको बजारलाई आफुहरुले लामो समय अध्ययन गरेर मात्रै यसको नेपालमा लन्च गरेको बताउँछन् । नेपालमा यसको विक्री सुरु भएसँगै यसका स्पेयर पार्टस्हरु समेत सहज रुपमा उपलब्ध हुने व्यवस्था गर्ने उनको भनाई छ ।