मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई सरकारले मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै कोरिया सरकारको काठमाडौं विश्व विद्यालयको अनुसन्धान तथा तालिम विकास केन्द्र स्थापनाका लागि उपलब्ध गराउने करिव १ अरव ४ करोड अनुदान सहायता पनि स्विकृत गरेको छ ।
बैठकले स्वास्थ्य सचिवमा डा पुष्पा चौधरीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
पुरातत्व विभागको मापदण्डअनुसार रानी पोखरीको पुनर्निर्माण गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिने मन्त्री परिषदले निर्णय गरेको छ ।