सरकार गठन लगत्तै पार्टी एकता : सचिव ज्ञवाली

0

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले आगमी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार निर्माण हुने बताएका छन् ।
रफत सञ्चार क्लबमा आज (बिहीबार) आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले माघ पहिलो सातमै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।
उनले भने, एमाले र माओवादीबीच बृहत छलफल र बहस भइरहेको कारण सरकार गठन लगत्तै पार्टी एकिकरण हुने दाबी गरेका छन् । पार्टी एकिकरणमा कुनै शंका नगर्न आग्रह गर्दै उनले अब बन्ने सरकार स्थायी सरकारका रुपमा रहेन पनि बताए ।
अहिलेको काम चलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्तिहरु गैरकानूनी र नैतिकता विपरीत रहेको उनले बताए । ‘यो गतल काम हो’ उनले भने, ‘नयाँ सरकारलाई काम चलाउ सरकारले अहिले गरेका निर्णय सबै बदर गर्नेछ ।’
उनले अहिले सरकारमा जाने टोलीमा क्षमता र योग्यताका आधारमा राम्रो व्यक्तिहरु जाने भन्दै यदि उक्त टोलीले जनताको चाहाना अनुसार काम गर्न नसकेको अबस्थामा हेरफेर गर्न सकिने पनि बताए ।
नेता ज्ञवालीले जनताको अभिमतबाट तल परेको कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ५ वर्षका लागि प्रधानमन्त्री बन्न भनी राखेको प्रस्ताव राजनीतिक कुसंस्कार र देशमा अस्थिरता कायम गर्ने खेल भएको आरोप लगाएका छन् ।
कामचलाउ सरकारका प्रधानमन्त्री देउवाले राखेको उक्त प्रस्ताव अध्यक्ष प्रचण्डले अस्वीकार गरेको उनले बताए ।
कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले राष्ट्रिय सभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणिकरण गर्नुपर्ने बाध्यता नरहेको बताए । सरकार गठन र अध्यादेश फरक पाटो भएकोले अध्यादेश प्रमाणिकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने उनको भनाई छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक तर्फको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा उनले जोड् दिए ।