मुग्लिन–नारायणगढ सडकखण्डमा सडक विस्तारको काम भइरहेकाले आजदेखि रातको समयमा यातायात सञ्चालनमा रोक लगाइने भएको छ ।
उक्त सडकखण्डमा अहिले भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिन लागिएको बताइएको छ ।
राति सडक बन्द हुने भएकाले काठमाडौंबाट आउने रात्रिबसलाई राति १० बजेअघि नै मुग्लिन पार गरिसक्नु पर्ने छ ।