पार्टीका शीर्ष नेतासँग देउवाको छलफल

0

सत्तारुढ नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्न निर्वाचन आयोगलाई दबाब नदिन वाम गठबन्धनलाई मंगलबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले आग्रह गरेको छ ।
बैठकमा राष्ट्रियसभा गठनपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने ठहर गरेको छ । ‘हामीले प्रधानमन्त्री एवं पार्टी सभापतिलाई राष्ट्रिय दलका शीर्ष नेताहरुसँग परामर्श गर्नुस् र राष्ट्रियसभा निर्वाचन अविलम्ब तोक्नुस् भनेका छौं’ कांग्रेस नेता बालकृष्ण खाँडले बताउनुभयो ।
उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आजभोलि नै प्रमुख दलका नेताहरुसँग परामर्श गर्नेछन् र त्यसपछि सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोक्नेछ ।
बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्याक्ष चित्रलेखा यादव, नेताहरु कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, रामशरण महतलगायतको सहभागिता थियो ।