नेकपा माओवादी केन्द्रले सरकार र पार्टीको नेतृत्व एउटै व्यक्तिले गर्न नमिल्ने निश्कर्ष निकालेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुलमटारमा मंगलवार बसेको केन्द्रीय कार्यालयको बैठकले प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक फरक व्यक्ति रहने गरी नेकपा एमालेसँग पार्टी एकता गर्ने माओवादीले निर्णय गरेको छ ।
मंगलवार बसेको बैठकले सरकार र पार्टीको नेतृत्व फरक हुनुपर्ने ठहर गरेको हो ।
माओवादीले पार्टी एकताका बिषयमा भोलि एमाले अध्यक्ष केपी ओलीसंग छलफल गर्ने निर्णय गरेको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकताको गृहकार्यबारे जानकारी गराएका थिए ।