दिपायलमा राजधानीको माग गर्दै अनिश्चितकालीन डोटी बन्द

0

सरकारले धनगढीलाई प्रदेश ७ को राजधानी बनाउने तयारी थालेपछि विरोध गर्दै आजदेखि अनिश्चितकालीन डोटी बन्दको आव्हान गरेको छ ।
डोटीबासीले प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै अनिश्चितकालीन डोटी बन्दको आव्हान गरिएको हो । एकसाता अघिदेखि दिपायललाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै डोटीबासीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
बन्दको कारण आज दिपायल, पिपल्ला र सिलगढी बजार पूर्ण रुपमा बन्द हुँदा जनजीवन प्रभावित बनेको छ ।
बुधबार बिहान बसेको प्रदेश नंं ७ को राजधानी दिपायल संघर्ष समितिको बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो ।