आज विहीबार रफत सञ्चार क्लव भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले तत्काल नयाँ सरकार गठन हुने अवस्था नरहेको दावी गरेका छन् ।
साक्षात्कार कार्यक्रममा बोल्दै डा खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानूनी अड्चनका कारण ढिलाइ भइरहेको बताउँदै नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको स्पष्ट पार्नुभयो ।
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न वाम गठबन्धनले दवाव दिइरहेका बेला कांग्रेस नेता खड्काले तत्काल नयाँ सरकार गठन गर्न सकिने अवस्था नरहेको तर्क गरेका हुन् ।
नेता खड्काले राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि मात्रै संघीय संसदले पूर्णता पाउने र नयाँ सरकार गठन प्रक्रिया सूरु हुने बताए ।
उनले प्रदेश प्रमुखको नियुक्ती गर्ने छुट सरकारलाई संविधानले नै दिएकाले त्यसको विरोध नगर्न पनि विपक्षीसँग आग्रह गरे ।