शनिबार नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर कामपा–२० वडास्थित परोपकार केन्द्रीय चिकित्सालयमा सम्पन्न भयो ।
सो शिविरमा पाकिस्तानबाट अध्ययन गरी स्वदेश फर्केका नेपाली डाक्टरहरुद्वारा शनिबार एक दिने वृहत् निःशुल्क स्वास्थ्य शिविर भएको हो ।
निःशुल्क स्वास्थ्य शिविरमा कामपाका प्रमुख विद्या सुन्दर शाक्य, महामहिम पाकिस्तानका राजदूत डा. मजहर जावेद तथा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष हिमालय शमशेर राणाद्वारा संयुक्त रुपमा पानसमा बत्ती बाली समुद्घाटन गर्नुभएको थियो ।
शिविरमा मधुमेह, रक्तचाप, मुटु, नशा, नाक, घाटी, बोलारोग, हाडजोर्नी, दाँत, र स्त्रीसम्बन्धी निःशुल्क उपचार गरिएको छ ।