आज सोमबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज हुने गरी प्रदेशको अस्थायी मुकाम तोक्न सरकारसँग आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँगको भेटमा सरकारका हरेक निर्णय जनतालाई सहज हुने गरी आउने विश्वास समेत व्यक्त गरिन् ।
प्रदेश प्रमुखको नियुक्ति र त्यसको मुकाम तोक्ने विषयमा औपचारिक जानकारी गराउन राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई उनले संविधानको परिधिभित्र रहेर सरकारले आफ्नो काम कार्वाहीलाई अघि बढाउने विश्वास समेत ब्यक्त गरिन् ।
जनतालाई सहज हुने गरी प्रदेशको अस्थायी मुकाम तोक्न राष्ट्रपतिले सुझाव दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।