दंगावाज कुख्यात लागु औषध तश्कर पक्राउ

0

ब्राजिलको प्रहरीले नयाँ वर्षको दिन एउटा करागारमा डरलाग्दो किसिमले दंगा मच्चाउन आदेश दिएको अभियोगमा एकजना कुख्यात लागू औषध तूकरलाई आइतबार गिरफ््तार गरेको छ ।
केन्द्रिय राज्य गोइयासस्थित एउटा कारगारमा शुरु भएको उक्त हिंसात्मक दंगामा नौजना कैदीको ज्यान जानुका साथै अन्य चौधजना घाइते भएका थिए । यस घटनाका लागि जिम्मेवार ठहराइएका ३४ वर्षीय स्टेफन डि सुजा भिएरालाई रियो दि जेनेरो राज्यको एउटा आलिसान फ््ल्याटबाट गिरफतार गरिएको थियो ।
गत नोभेमवर देखि उनी कारगारबाट फरार कैदीको सुचिमा रहेका थिए । प्रहरीका अनुसार उनी ब्राजिलभरी लागू औषधको कारवार गर्ने रेड कमान्ड नामक आपराधिक समूहका नाइके हुन्् । अवैध लागू औषध ओसारप्रसार गरेको अभियोगमा २६ वर्ष लामो संजाय भोगिरहेका भिएरा उर्फ बिएच अपारेसिडा दि गोइयानिया कारागारबाट भाग्न सफल भएका थिए । (एजेन्सी)