सिटिजन्स इन्टरनेशनल बैंकलले धादिङ जिल्लाको झारलाङ र रिगाउँ गाविसमा नगद वितरण (क्यास क्याम्प) कार्यक्रम आयोजना गरेको छ ।
विश्व खाद्य कार्यक्रमको आयोजना र बेल हंगर हिलफिको सहाकार्यमा पुस १३–२० गतेदेखि ८ दिनसम्म उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत ‘कामका लागि नगद’ वितरण योजनाअन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो ।
विकट गाउँमा पनि बैंक जनताको घर दैलोमा पुगेर बैंकिङ सेवा प्रवाह गरिरहँदा स्थानीयले खुशियाली व्यक्त गरेका छन् । २ हजार ७ सय ७२ परिवारलाई कुल ३ करोड ३२ लाख ४ हजार रुपैयाँ नगद वितरण गरिएको बैंकले जनाएको छ ।
बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले व्यक्त गर्नुभएको छ ।