भारतको पूर्वी राज्य ओडिसामा जंगली हात्तीसँग सेल्फि खिच्ने क्रममा मर्ने व्यक्तिको सख्या बढिरहेको छ । विविसिका हिन्दी पत्रकार सुव्रतकुमार पाटीले स्थानयि कन अधिकारीहरुले यस मामिलामा चिन्ता व्यक्त गरेको बताउँछन् । गत डिसेम्बरमा जयक्रुष्णा नायक नामक व्यक्तिले गाउँको आफ्नो घर तर्फ फर्किँदै गर्दा स्थानिय बजारमा एउटा हात्ती देखे ।
त्यहाँ जम्मा भएको ठूलो भिडले हात्तीलाई जिस्काउँदै तस्वीर खिँचिरहेको थियो । रहरैले भिडमा मिसिन पुगेका नायकले पनि हात्रीसँग सेल्फि खिँच्न खोजे । त्यसैक्रममा अचानक आक्रोसित हुन पुगेका उनलाई हात्तीले सुँडले वेरेर भुँइमा पछाडेर किचिमिची गर्दै कुल्चेपछि उनले घटनास्थलमै प्राण त्यागे ।
जंगली हात्ती विशेषज्ञ विश्वजित मोहान्तीले यस्ता थुप्रै अप्रिय घटना भए पनि थोरैको मात्र प्रहरीमा उजुरी हुने गरेको बीबीसीलाई बताएका छन् । यस्ता घटानको कारण ओडिसा सरकार निकै चिन्तित भएको छ । उक्त राज्यका प्रमुख बन्यजन्तु अधिकारी सन्दिप त्रिपाठीले संवेदनशिल जिल्लाहरुमा यसबारे जनचेतना फैलाउने अभियानहरु संचालन गरिने जानकारी दिएका छन् । ओडिसाको सरकारी तथ्यांकमा अहिलेसम्म यस्ता घटनामा ६० जना मानिसको मृत्यु भइसकेको जनाइएको छ ।