प्रसिद्ध गायक तथा संगीतकार रमेश ताम्राकारको हृदघाटबाट हिजो बिहीबार बेलुकी निधन भएको छ ।
बिहीबार बेलुकी अचानक छाती दुखेपछि उहाँलाई बल्खुस्थित बयोधा हस्पिटल लगे पनि चिकित्सकहरुले अस्पताल पुग्नु अघि नै उहाँको निधन भइसकेको जानकारी गराएको बताइएको छ ।
मधुमेहबाट पीडित ताम्राकार सांस्कृतिक संस्थानका दोस्रो महाप्रवन्धक हुनुहुन्छ ।
जस्ता कालजायी गीतका गायक ताम्राकारले दर्जनौं लोकप्रिय नेवारी गीतहरुसमेत गाउनु भएको छ । उहाँले धेरै नेपाली र नेवारी गीतहरुमा आफै संगीतसमेत दिनुभएको छ । गायक ताम्राकार यसैवर्ष नातिकाजी राष्ट्रिय संगीतबाट समेत सम्मानित हुनुभएको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीको समय अभावका कारण दुर्भाग्यले जिउँदै यति ठूलो सम्मानबाट सम्मानित हुने अवसरबाट उहाँ बञ्चित हुनुपरेको छ ।
काष्ठमण्डप मरु टोलमा जन्मनु भएका ताम्राकार धर्मपत्नी काम विशेषले हाल नयाँदिल्लीमा हुनुभएको र छोरो सगुन ताम्राकार पनि अमेरिकामा रहेकाले उहाँहरु काठमाडौं आइपुगेपछि मात्र उहाँको दाह संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।