ज्योतिको एससीटी कार्ड प्रतिस्थापन

0

ज्योति विकास बैंकले एससीटीको डेबिट कार्डलाई विस्थापन गरी भिजा डेबिट कार्ड बजारमा ल्याएको छ ।

ग्राहकले पुरानो कार्डको सट्टामा सम्बन्धित शाखाबाट नया“ भिसा कार्ड निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकका ५० वटा शाखा र १४ वटा एटीएम मेसिनमार्फत् सेवा उपलव्ध गराउ“दै आएको छ । निकट भविष्यमा नै बैंकले १० नया“ शाखा सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढी खाताबाट १३ अर्ब ४५ करोड रुपिया“ निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणिलाई १२ अर्ब ४३ करोड रुपिया“ ऋण लगानी गरेको छ । हालै जारी गरेको बोनस शेयरसमेत गरी कुल चुक्ता पु“जी २ अर्ब ५९ करोड रुपिया“ पुग्ने बैंकले जानकारी दिएको छ ।