भारोत्तोलनका तीन महारथी सम्मानित

0
भारोत्तोलन खेलको विकास र विस्तारमा दत्तचित्त रहि विभिन्न स्थानबाट भारोत्तोलन खेलको विकासमा सकृय तथा भारोत्तोलका संस्थापक तीन महारथी महासचिव पार्थसारथी सेन गुप्त, सचिव तिलक राउत र भारोत्तोलनका प्रथम ओलम्पियन राजेन्द्र प्रधानलाई काठमाण्डौ जिल्ला भारोत्तोलन संघले सम्मान गरेको हो । गुप्तलाई अग्रज ब्यक्तित्व सम्मान, राउतलाई लाईफ टाईम एचिभमेण्ट अवार्ड र प्रधानलाई प्रथम ओलम्पियन अवार्डले सम्मान गरिएको हो ।
तीनै सम्मानित भारोत्तोलनका महारथीहरुलाई काठमाण्डौ जिल्ला भारोत्तोलन संघका अध्यक्ष एवं नेपाल भारोत्तोलन संघका सदस्य विजेन्द्र विक्रम शाहले जिल्ला संघद्वारा आयोजना गरिएको बनभोज तथा सम्मान कार्यक्रमका विच कदर पत्र प्रदान गर्दै सम्मान गरेका हुन् । “भारोत्तोलन खेलको विकासका लागि स्थापनका कालदेखिनै खेलाडी, प्रशिक्षक र कुशल ब्यवस्थापक भई राष्ट्रिय, एशियन तथा अन्तराष्ट्रिय भारोत्तोलन महासंघको विभिन्न पदमा रहि सुमधुर सम्वन्ध स्थापना गर्नुका साथै नेपालमा भारोत्तोलन खेलको विकासमा पु¥याउनु भएको अतुलनिय योगदाको कदर गर्दै नेपाल भारोत्तोलन खेलको अग्रज ब्यक्तित्व सम्मान प्रदान गरिएको छ” संघका महासचिव गुप्तलाई प्रदान गरिएको कदरपत्रमा लेखिएको छ ।
यस्तै अर्का सम्मानित व्यक्तित्व सविच राउतलाई खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकका रुपमा नेपालमा भारोत्तोलनको विकास र विस्तारमा पु¥याएको योगदानको करदर गर्दै लाईफ टाईम एचिभमेण्ट अर्वाडबाट सम्मान गरिएको हो । यस्तै ओलम्पियन प्रधानलाई नेपाल भारोत्तोलन खेलको प्रथम ओलम्पियन बन्ने सौभाग्य प्राप्त गर्नु भई नेपालमा भारोत्तोलन खेलको विकास र विस्तारमा निरन्तर पु¥याउनु भएको योगदानको कदर गर्दै प्रथम भारोत्तोलन ओलम्पियन सम्मान प्रदान गरिएको हो ।
सो अवसरमा बोल्दै महासचिव गुप्तले काठमाण्डौ जिल्ला भारोत्तोलन संघले गरेका सम्मानले आफुलाई भारोत्तोलन खेलमा विताएको समय र नेतृत्वको सार्थकता भएको पुष्टि गरेको बताए । उनले आफ्नो परिवारबाट सम्मानित हुनु भनेको आफुले गरेको कामको सहि मुल्याङकन भएको बताए ।
सोही अवसरमा काठमाण्डौ जिल्ला भारोत्तोलन संघले अन्तरक्लब भारोत्तोलन प्रतियोगिता चैत्र महिनामा गर्ने निर्णय गरेको छ ।