क्यामन आई मोबाइल बजारमा

0

ट्रान्स्सन नेपालले क्यामन आई ब्रान्डका नया“ मोबाइल नेपाली बजारमा बिक्री वितरण शुरू गरेको छ । ट्रान्ससन्् नेपालले करिब चार महिना अगाडि आइटेल, टेक्नो र अटोइमा मोबाइल सेट बजारमा भित्र््याएको थियो । यी तीन ब्रान्डले बजारमा आफ््नो हिस्सा उल्लेखनीय रुपमा बढाइरहेको र क्यामन आई ले पनि छोटो समयमै नेपाली ग्राहकको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।
फोटो खिच्नको लागि अत्यन्तै उपयुक्त क्यामन सिरिजका यी नया“ सेटको क्यामेरामा १३ एमपी रियर, क्वाड एलईडी लेन्स्् फ््ल्यास एवम्् पा“च पी लेन्स््लगायत अन्य विशेषता रहेको छ । यस्तै यो फोनमा भएको पूmल भ्यू डिस्प्ले सुविधाले भिडियो हेर्न, गेम खेल्न, इन्टरनेट चलाउन र अन्य कार्यहरु गर्न पनि सरल र सहज हुने बताइन्छ ।
इन््सेल डिस्प्लेको प्राविधिक विशेषताले गर्दा यी नया“ मोबाइल सेटहरु प्रयोग गर्दा उत्कृष्ट टच स्क्रिन अनुभव हुनुका साथै ब्याट्रीको पनि कम खपत हुन्छ । ३ जीबी आरएएम, ३२ जीबी आरओएम एवम्् १३ जीएचजेड क्वाड कोर प्रोसेसर भएको क्यामन आई पहे“लो, कालो र निलो रङमा उपलब्ध रहेको र यसको बजार मूल्य १८ हजार ५ सय रुपिया“ तोकिएको कम्पनीले जनाएको छ ।