पशुपति पेन्ट्स प्रालिले दशैं तिहारको अवसरमा सञ्चालित ‘महापर्वको रंगोत्सव’ उपहार योजनाको विजेताको घोषणा गरेको छ ।
कम्पनीले गोलाप्रथामार्फत भाग्यशाली विजेताको छनोट गरी कुपन नम्बर सार्वजनिक गरेको हो ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै छनोटमा परेका भाग्यशाली विजेतालाई बधाई दि“दै कोड नम्बर सार्वजनिक गरेको हो । विजेताले उपहार दाबीका लागि १५ दिनभित्र कुपनको अर्धकट्टी र सक्कल विलका साथ कार्यालयमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।
गोला प्रथामार्फत् कुपन नम्बर सीएस २०१०१५ बम्पर उपहार एनएस २०० बजाज पल्सर विजेताका रुपमा छनोटमा परेको छ । त्यसैगरी कुपन नम्बर सीएस ४०१४९२ पहिलो पुरस्कार सुजकी लेट्स स्कुटर विजेताको रुपमा छनोट गरिएको छ । त्यसैगरी स्मार्टफोन सीएस १०००४५, सीएस २००७५४, सीएस ३००५१३,सीएस ४००७८० लगायत रहेका छन् ।