उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका प्रभावशाली बहिनी किम यो जोङले शुक्रबार दक्षिण कोरियाको पियोङचाङमा हुने हिउँदे ओलम्पिक्स खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुने सोलस्थित मन्त्रीहरुले बुधवार जानकारी गराएका छन् । उत्तरको सत्तारुढ वकर्स पार्टीको वरिष्ठ अधिकारी यो जोङ गतवर्ष पोलिटब्युरोमा पदोन्नती भएकी थिइन् । उनी सिमार पार गरी दक्षिण कोरिया पुग्ने किम परिवारकै पहिलो सदस्य हुने भएकी छिन् ।
उत्तर र दक्षिण कोरिया दुवैका खेलाडीले सो उद्घाटन समारोहमा एउटै झण्डा मुनि बसेर मार्च पास गर्न लागेका हुन् । उत्तर कोरियाको यस हिउँदे ओलम्पिकस्को सहभागिताले उत्तर र दक्षिणबीच लामो समयदेखि चल्दै आएको तनाव अन्त्य हुने अनुमान गरिएको छ । तर संयुक्त राज्य अमेरिका, जापानलगायत अन्य मुलुकहरुले भने उत्तर कोरियाले ओलम्पिक्सलाई प्रोपोगान्डको उद्देश्यले प्रयोग गरेको आरोप लगाएका छन् । विवादास्पद आणविक र क्षेप्यास्त्र कार्यक्रमको कारण उत्तर कोरिया माथि पछिल्लो समयमा संयुक्त राष्ट्र संघले थप कडा प्रतिवन्ध लगाएको थियो ।