प्रदेश ३ को मुख्यमन्त्रीमा डोमरणि पौडेललाई बाटो खुल्यो

0

एमाले प्रदेश ३ संसदीय दलमा नेता डोरमणि पौडेल निर्वाचित भएको छ । आजबाट प्रदेश ३ को मुख्यमन्त्री हुनलाई पौडेललाई बाटो खुलेको छ ।
एमालेले शुक्रबार संसदीय दलका नेता चुन्नका लागि चुनावमा अष्टलक्ष्मी शाक्य र डोरमणि पौडलले उम्मेदवारी दिनु भएको हो ।
चुनावमा ५८ मत खेसेको थियो भने पौडेलको पक्षमा ३४ र शाक्यको पक्षमा २४ मत खसेको थियो ।
पौडेलले भने, लोकतान्त्रिक पद्धतिबाट चुनावलाई सहज रुपमा लिनुपर्ने बताउनुभयो । प्रदेश ३ मा भावी मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तह व केन्द्र सरकारबीच सम्बन्ध विस्तार गर्दै काम गर्ने बताउनुभयो । प्रदेश ३ मा एमालेको ५८ जना सांसद थियो ।