आइतबार नेपाल व्यवस्थापन संघ (म्यान) को ३७ औं साधारणसभाको काठमाडौंमा उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको सर्वस्वीकार्यतामा अब कुनै द्विविधा नरहेको बताएका छन् ।
उनले संविधान जारी हुँदाको बेलामा जस्तो विमति बाँकी नरहेको दाबी गरे । संविधानले तयार गरेको संरचनाका आधारमा निर्वाचनमा सहभागी हुने, निर्वाचन जित्ने, हार्ने भएपछि अब संविधानको सर्वस्वीकार्यतामा कुनै द्विविधा नभएको ओलीको भनाइ छ । ‘संविधानलाई अब सबैले सहजताका साथ लिएका छन् । यसमा अब कुनै द्विविधा छैन’ उनले भने ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाच्ानपछि नेपालको राजनीतिक संक्रमणकाल अन्त्यतिर पुगेको भन्दै ओलीले अब विकास र समृद्धिको बाटोमा लाग्ने बताए ।