टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी टे«डिङले २५औं सर्भिस सेन्टर ललितपुरको बागडोलमा स्थापना गरेको छ ।
नयां सर्भिस सेन्टरबाट ग्राहकले हप्तामा ६ दिन सेवा प्राप्त गर्नेछन् । उक्त सर्भिस सेन्टर ७ हजार ७ सय ५० वर्गफिट क्षेत्रफलमा फैलिएको छ । सर्भिस सेन्टरमा ग्राहकले आवश्यकताअनुसार विक्रिपछिको सेवा पूर्णरुपले उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ ।
टाटा मोटर्सको नयां सर्भिस सेन्टर उद्घाटनको सन्दर्भमा टाटा मोटर्सका ग्राहक सेवा प्रमुख सचिन सहानीले उत्कृष्ट सेवाको कारणले टाटा नेपाली ग्राहकवर्गको मन जित्न सफल भएको दावी गर्नुभयो ।
सोही समारोहमा बोल्दै सिप्रदी टे«डिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा नयाँ कला सिप प्रयोग गरि विश्वस्तिरीय सुविधाको साथै ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी टाटासंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।