चीनको तिब्र सैन्य विकाश अमेरिकाका लागि चुनौती बन्दै

0

चीनको सेनाको आधुनिकिकरण विश्लेषकहरुको अनुमान भन्दा अत्यन्त तिब्र गतिमा भइरहेको छ । इन्टरनेसन इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिज अर्था आईआईएसएसका विशेषज्ञले अब अमेरिकाले आफ्नो सेनाको तुलना रुससँग नभई चीनसँग गर्ने बताएका छन् ।
विशेष गरी चीनको नौसेना र वायु सेना अमेरिकालाई टक्कर दिने तयारीमा छन् । यद्यपी स्थल सेनाको कुरा गर्ने हो भने अमेरिका अहिले पनि विश्वभरीमा आफ्नो तुलना रुससँग नै रहेको ठान्छ ।
विगत केही बर्षमा चीनको सेनामा कायापलट हुन गइरहेको छ । चीनको सेना पहिला पनि विश्वका सबैभन्दा शक्तिशाली सेनामध्यमा पर्छ तर चीन आफ्नो मुख्य प्रतिद्वन्द्वी रुसी फौज नै भएको मान्दै आइरहेका थिए ।


सन् १९५९ देखि विश्वभरी देशमा सैन्य तयारीमा हुने गरेको खर्चमा निगरानी गर्दै आइरहेको संस्था आईआईएसएसका विशेषज्ञहरुको यो राय होइन, अन्य विज्ञहरुले पनि त्यस्तै धारणा राखेका छन् ।
विशेषज्ञहरुले चिनियाँ सेनाको आधुनिकिकरण र प्राविधिक दक्षताको कुनै तुलना नभएको बताएका छन् ।
चीनले हालै हासिल गरेका उपलब्धिहरुमा उसको लामो दुरीसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रदेखि पाँचौ पुस्ताका लडाकु विमानसम्म पर्छन् । गत वर्ष चीनले समुद्रमा आफ्नो ताकत बढाउन सैन्य बेडा टाइप ५५ क्रुजर तैनाथ गरेका थिए ।
चीनले अर्को एउटा विमानबाहक युद्धपोत तयार गरिरहेका छन् र सैन्य कमान्डको आफ्नो पुर्ण संरचना पनि बनाइरहेका छन् । उसले त्यस्तो सैन्य मुख्यालय निर्माण गर्ने प्रयास गरिरहेको छ, जसमा सेनाका सबै साखा संलग्न रहोस् ।
सन् १९९० को दशकमा चीनले सैन्य शक्ति विकास गर्न रुसबाट प्रविधि हासिल गरेको थियो । त्यसपछि चीनका नौसेनाले पनडुब्बिको संख्या बढाउने फैसला लिएका थिए ।
चीन आफ्नो हवाई शक्ति बढाउन आफ्नो सैन्य दस्तामा अर्को लडाकु विमान संलग्न गर्न तयार छ । चीन सरकारले जे–२० विमान चाँदै नै सीमा रक्षा गर्नमा परिचालन हुने बताएको छ ।
यद्यपी जे–२० को मारक क्षमतालाई लिएर आईआईएसएसका विज्ञहरुले आसंका ब्यक्त गरेका छन् । यसैबर्ष प्रकाशित आईआईएसएसको प्रतिवेदनमा भनिएको छ– चीनको वायुसेनालाई अहिले पनि उक्त नयाँ जेटलाई निरन्तर विकशित गर्न आवश्यक छ ता कि चौथो पुस्ताको यो लडाकु विमानलाई पाँचौ पुस्ताको लडाकु विमान बनाउन सकुन् ।
चीनको विकाश कसैबाट लुकेको छैन । उसले यो जेटलाई आफ्नो वायुसेनामा संलग्न गर्न सक्छ । यसले उसलाई आकाशबाट आकाशमै मार हान्ने क्षेप्यास्त्रको मारक क्षमतामा पश्चिमी देशसँग समान बनाउँछ ।
चीनले आकाशबाट आकाशमै मार हान्ने क्षेप्यास्त्रको विकास गरिरहेका छन् । यसले ट्यांकर र कमान्ड एन्ड कन्ट्रोल युद्धक विमानलाई ध्वस्त पार्न सक्छ ।
चीनले सन् २०२० सम्ममा यसप्रकारका क्षेप्यास्त्र तयार गरिसक्ने विज्ञहरु बताउँछन् ।
चीनले सेनाको यान्त्रिकिकरणका लागि सन् २०२० लाई लक्ष्य बनाएको छ । यसलाई चीनले इन्फर्मेसनको संज्ञा दिएको छ । यो शब्दको अर्थ स्पष्ट हुन सकेको छैन तर चीन युद्धमा इन्फर्मेसनको भुमिकाको लगातार निगरानी गरिरहेका छन् ।
चीनले आफ्नो सेनालाई अत्याधुनिक बनाउने मात्र लक्ष्य लिएको छैन । उसले विश्वमा सैन्य सामाग्री बेच्न पनि चाहेका छन् । यस मामिलामा पनि उ अमेरिकालाई पछाडी पार्न चाहन्छ । चीनले अमेरिकाको निकट नरहेका देशहरुलाई नै सैन्य प्रविधि निर्यात गर्नेछ । चीनले आफ्नो ड्रोन प्रविधि धेरै भन्दा धेरै देशलाई बेच्ने मनसाय राखेको छ ।
तर अमेरिकाले आफ्नो ड्रोन टेक्नोलोजी कुनै पनि देशलाई दिन अस्विकार गरेको छ । नेटोमा अमेरिकाका सहयोगी बेलायत र फ्रान्स यो विषयमा अपवाद हुन् । चीनले ड्रोन निर्यातलाई लिएर कुनै निति बनाएको छैन । उनले विश्व भरी नै सैन्य प्रदर्शनहरुमा आफ्नो ड्रोनको प्रदर्शन गरेका छन् । आईआईएसएसका अनुसार चीनले इजिप्ट, नाइजेरिया, पाकिस्तान, साउदी अरेबिया र म्यान्मारलाई ड्रोन बचेको छ । (एजेन्सी)