बुधबार सुनचाँदी भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबार तोलाको ५७ हजार ४ सयले कारोबार भइरहेको छ ।
त्यसअघि मंगलबार सुनको ५७ हजार ८ सय रुपियाँले कारोबार भएको सुनको भाउ बुधबार तोलाको ४ सय रुपियाँले घटेको हो ।
त्यस्तै चाँदी तोलामो ७ सय ४० रुपियाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार यसअघि मंगलबार तोलाको ७ सय ५० रुपियाँमा कारोबार भएको बुधबार तोलामो १० रुपियाँ घटेको हो ।