राष्ट्रपति डोनल्ड ट्रम्पले चीनका राष्ट्रपतिले अब आजिवन पदमा बस्न पाउनु अत्यन्त राम्रो भएको बताए । उनले कुनै दिन अमेरिकाले पनि त्यसलाई पछ्याउने छ भन्ने आफुलाई लागेको बताए ।
शनिबार दक्षिण फ्लोरिडा स्थित आफ्नो जमिनमा रिपब्लिकन दातृका लागि आयोजित दिवा भोजमा ट्रम्पको उक्त टिप्पणीले हाँसो र कर्तलध्वनीले गुन्जायमान भएको थियो । सीएनएनले उक्त टिप्पणीको रिकर्डिङ प्राप्त गरेको जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले हालैमात्र आफ्नो शक्तिलाई बलियो बनाएको विषयलाई इंिगत गर्दै ट्रम्पको उक्त टिप्पणी आएको हो । ट्रम्पले भेलालाई भने– उ अब आजिवन राष्ट्रपति हुनेछ । आजिवन राष्ट्रपति र उ राम्रो हो । ‘ ट्रम्पले भने, ‘मलाई लाग्छ, यो धरै राम्रो हो । हुन सक्छ हामीले पनि कुनै दिन त्यस्तै गर्नेछौं । हामी पनि कुनै दिन कसैलाई आजिवन राष्ट्रपति पाउने छौं ।
उक्त अवसरमा ट्रम्पले आप्mना डेमोक्र्याटिक राष्ट्रपतीय पत्यासी हिलारी क्लिन्टनको आलोचना गरे । उनले ‘धाँधलीपुर्ण प्रणाली‘का विषयमा आफ्नो धारणा दोहोर्याए र इराकमाथिको आक्रमणलाई ‘अहिलेसम्मकै सबैभन्दा खराब निर्णय‘ भएको बताए । उनले पुर्व राष्ट्रपति जर्ज डब्ल्यु बुस ‘अर्को वास्तविक प्रतिभा‘ भएको बताए । (एजेन्सी)