यामाहाले ‘स्कुटर डे’ मनाउ“दै

0

यामाहाले ७ मार्चलाई स्कुटर दिवस (स्कुटर डे) का रुपमा मनाउने भएको छ ।
आफ्ना उपभोक्तालाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्न भन्दै यामाहाले उक्त दिवस मनाउन लागेको जनाएको छ ।
‘स्कुटरले हामीलाई आरामदायी यात्रा मात्र होइन, आत्मविश्वास पनि दिलाउ“छ । त्यसैले स्कुटरको समर्पणमा हामीले यो दिवस मनाउने निर्णय गरेका हौं ।’ –एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ प्रमुख प्रदीप पोखरेलले भन्नुभयो । ‘स्कुटर डे’ यामाहाले गत साता शुरु गरेको ‘एसस्कुटर’ अभियानकै एउटा हिस्सा रहेको पोखरेलको भनाइ छ ।
स्कुटर दिवसका यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्रान्डको स्कुटर निःशुल्क वास गर्न सकिने कम्पनीले जनाएको छ । सोही दिन आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा यामाहा स्कुटर हस्तान्तरण गर्नेछ । ‘हाम्रो सानो प्रयासले काठमाडौंको ट्राफिक व्यवस्थापनमा थोरै मात्र भए पनि सहयोग पुग्ने अपेक्षा हामीले गरेका छौ’ पोखरेलले भन्नुभयो ।
त्यसैगरी, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालको पहिलो स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको जनाएको छ ।