प्रेरणा र एनी क्वाटरफाइनलमा

0
प्रेरणा कोइराला र एनी माथेमा छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सिटीजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगितामा प्रेरणाले सलोनी तामाङलाई ६–२ र ६–० तथा एनीले भगवती विकलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्समा जितेन्द्र परियारले शिभम्विक्रम थापालाई ६–० र ६–०, रञ्जन श्रेष्ठले कुमार जिसीलाई ६–० र ६–०, प्रदीप खड्काले मनोज महर्जनलाई ६–० र ६–०, कमल भण्डारीले अन्जन थिङलाई ६–२ र ६–१, नवीन मगरले निशान श्रेष्ठलाई ६–० र ६–० तथा सम्यकभूषण वज्राचार्यले प्राण्जल कायश्थलाई ७–६, ४–६ र ६–४ को सेटमा हराउदै क्वाटरफाइनलमा पुगे ।
भेट्रान पुरुष ३५ वर्षमाथि डबल्समा सिमोन गुरुङ र राजु क्षेत्री, आत्माराम कार्की र गोपाल मानन्धर तथा निरज थापा र नवीन श्रेष्ठको जोडी विजयी भए ।
मिक्स डबल्समा श्रीराम मगर र इरा रावत तथा छेवाङ लामा र गंगा शर्माको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा हेमचन्द्र गुरुङ, बचुगोपाल वंशी, धर्म शाही, उमेश शाही, उत्तमकुमार शेर्पा, सुकमान तामाङ, विनोद कायश्थ, मधु परियार, विनोद गुरुङ र कमल थापाले जित हात पारे । सोही स्पर्धाको ५५ वर्षमाथि उत्तमकुमार शेर्पा र कर्मा टासी लामाले सफलता पाए ।
प्रतियोगिताको सिटीजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा पुरुष÷महिला सिंगल्स, पुरुष डबल्स, मिक्स डबल्स तथा भेट्रानको विभिन्न उमेरसमूहमा गरी जम्मा ११ स्पर्धामा १ सय ३५ खेलाडी सहभागी छन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशी ४ लाख ८० हजार रुपैयाँ रहेको छ । बैशाख २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् र आर्मी अफिसर्स क्लबको कोर्टमा भइरहेको छ ।