विश्वकपको लागि कोकाकोला एन्थम सार्वजनिक

0

फिफा विश्वकप २०१८ को लागि कोकाकोलाले आफ्नो कोकाकोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ ।

यो गित अमेरिकी पप स्टार जेसन डेरुलोले लेखन तथा गायन गरेका हुन् । उनको यो संगीतले विश्वकपमा नया“ एक्साइटमेन्ट प्रदान गर्ने छ । जेसन डेरुलो प्रसिद्ध पप गायक हुन् । उनले यो अफिसियल भिडियो ‘कलर्स’ छाया“कनको क्रममा आफ्नो जन्मभूमि हाइटी पुगेर तयार गरेका हुन् ।

उक्त गीत फिफा विश्वकपको २०१८ लागि कोकाकोला एन्थम रहेको छ । भिडियो रिलिज हुनुका साथै यस गीतका लेखक तथा गायक जेसन डेरुलोले सोसल मिडियामा भिडियो हाल्दै लेखेका छन्– ‘मैले यो गीत लेख्दा आफ्नो दिमागमा एकताको विचार गर्दै लेखेको हु“ ।’

भिडियो हाइटीको सबैभन्दा अग्लो स्थानमा रहेको गढीमा छाया“कन गरिएको हो । हाइटियन मूलकै प्रसिद्ध गायक तथा अभिनेता वाईक्लेफ जेनको पनि यस भिडियोमा गितार बजाउ“दै गरेको छोटो उपस्थिति देख्न सकिन्छ । यस भिडियोमा संसारभरका मानिसहरू आ–आफ्नो राष्ट्रिय झण्डासमातेर सुन्दर खेलको सबैभन्दा ठूलोे प्रतियोगिता मनाउन अगाडि बढिरहेको देख्न सकिन्छ ।

यसमा रहेका शब्दले विविधताको प्रशंसा गर्दै स“गै अगाडि बढ्ने सन्देश झल्काउ“छ । यसको सन्देश के हो भने हातमा आफ्नो देशको झण्डा बोकेर आफ्नो देशको प्रतिनिधित्व गर्नु हो ।

कोकाकोला विगत ४० वर्षदेखि फिफा विश्वकप फुटबलसँग जोदिँदैआइरहेको छ । यसअन्तर्गत कोकाकोला विभिन्न कलाकारसँग गाँसिदै थुप्रै रमाइला र मनोरञ्जनात्मक सांगीतिक यात्रा तय गर्दै आएको छ ।

जेसन डेरुलोले भने– ‘कोकाकोलास“ग मिलेर फिफा विश्वकप २०१८ को एन्थममा काम गर्नु मेरा लागि अहोभाग्य हो । यो खेलसँग जोडिनु अत्यन्त सुखद अनुभव हो । यसको लागि म्युजिक ट्रयाक दिँदा मैले आफूलाई निकै सम्मानित महसुस गरेको छु । गीतमा भने जस्तै ‘एकतामा सुन्दरता हामीले भेटेका छौं’ । हामी दैनिक नकारात्मक समाचारको साथ जलमग्न हुन्छौ र त्यसका साथ सकारात्मक रहन गाह्रो छ । त्यसैले समाजमा परिवर्तन ल्याउन एकजुट भएर प्रयास गर्न बढी महत्वपूर्ण छ ।’