हिमालयन बैंकले काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिकास्थित अनाथ असहाय बाल सुधार संघलाई ७५ हजार रुपियाँ बराबरको ५ थान २ तले खाट प्रदान गरेको छ । आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उक्त बाल सुधार संघलाई सो खाट उपलब्ध गराएको हो ।
बैंकले उक्त बाल सुधार संघमा आश्रय लिएका विभिन्न उमेर समूहका बालबालिकालाई सुत्नका लागि उपयोगी हुने छन् । एक कार्यक्रमका बीचमा बैंकका महाप्रबन्धक सुशील जोशीले बैंकका वरिष्ठ अधिकृतको उपस्थितिमा उक्त खाट बाल सुधार संगका अध्यक्ष प्रकाश कुमार नेपालीलाई हस्तान्तरण गर्नुभयो ।