एभरेस्ट बैंकको दुप्चेश्वर र बट्टार शाखामा शाखा

0

एभरेस्ट बैंकले विभिन्न स्थानमा आफ्नो शाखा विस्तार गर्दै गएको छ ।

यसै क्रमलाई निरन्तरता दिँंदै बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टारमा आफ्नो शाखाको समुद्घाटन गरेको छ ।

बट्टार शाखाको उद्घाटन बिदूर नगरपालिकाका मेयर सन्जु पण्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बिदुर नगरपालिकाका उपमेयर श्रीमती गीता कुमारी दाहाल, नेपाल प्रहरीका, प्रहरी नायब उपरीक्षक नरहरि रेग्मी, नेपाली सेनाका मेजर प्रेमनारायणलगायतको पनि उपस्थिति थियो ।

यसैगरी दुप्चेश्वर शाखाको उद्घाटन दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबिन्द्र सिंह तामाङ र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गर्नु भएको थियो ।

यस बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या साढे नौ लाख भन्दा बढी रहेको छ बैंकले आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र १ सय १३ एटीएममार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।