रामहानीको प्रचार शैली नयाँ

0

              चलचित्र रामहानीले प्रचारको लागि नयाँ शैली अपनाएको छ । यही भदौ २२ गतेबाट प्रदर्शनमा आउनै लाग्दा निर्माण पछेले राजधानीको विभिन्न रेष्टरेन्टमा चलचित्रको नामबाट वाईफाई आइडी र पासवर्डको क्याम्पिएन चलाइएको छ भने निर्माण युनिटले भने सिग्नेचरको क्याम्पियन चलाएको छ ।

                 युवाहरुले काठमाडौंको विभिन्न स्थानमा पुगेर क्याम्पियन गरेका छन् । अति व्यस्त स्थान वसन्तपुर क्षेत्रमा रामकानीको टि सर्ट लगाएर युवाहरुले त्यहाँ घुम्न आउने मानिसहरु तथा आवत जावत गर्नेलाई आफ्नो टि सर्टमा रामकानी आ आफ्नै स्टाइलमा हस्ताक्षर गर्न लगाएका थिए ।

                चलचित्रमा सुदर्शन थापाको निर्देशन गरेका थिए भने पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झाको मुख्य भूमिका रहेको छ ।