नबिल बैंकले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रक्रियालाई अझै सहज बनाएको छ ।
विद्यार्थीले सम्बन्धित कलेज÷विश्वविद्यालयबाट भर्नाको लागि अफर–लेटर प्राप्त गर्नु अघि नै शैक्षिक कर्जाको लागि बैंकमा आवेदन गर्न सक्ने छन् ।
विद्यार्थीले प्रयासरत कलेज÷विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रष्ट पार्ने कागजातसहित बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन् । जसबाट विद्यार्थीलाई एकातिर कर्जा प्रक्रियाको लागि पर्याप्त समय उपलब्ध हुनेछ भने सत्रमा देखिने चाप तथा छोटो समयमा प्रक्रिया पु¥याउनुपर्ने बाध्यताबाट विद्यार्थी मुक्त हुने बैंकले जनाएको छ ।
संशोधित शैक्षिक कर्जा प्रक्रियाको बारेमा जानकारी गराउनको लागि बैंकले विभिन्न शैक्षिक परामर्शदातास“ग अन्तक्रिया गरेको थियो । उक्त अन्तक्र्रिया बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले उद्घाटन गर्नु भएको थियो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले विद्यार्थीको लागि अझ राम्रो सेवा प्रदान गर्ने उद्देश्यले शैक्षिक कर्जा प्रक्रिया सरल र सहज बनाइएको बताउनुभयोे ।