हंसराज हुलास चन्द एन्ड कम्पनी बजाज अटोको नेपालका लागि आधिकारिक वितरक हो । उक्त कम्पनीले दशैं–तिहारकोे अवसरमा ग्राहकको पाकेट भर्नको लागि बजाज पाकेट फुल नामक ग्राहक योजना ल्याएको छ ।
यो योजनामा बजाजको कुनै पनि मोटरसाइकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड प्राप्त हुने प्रावधान छ । जसको एउटा भागमा स्त्र्mयाच गर्ने ठाउ“ हुनेछ भने अर्को भागमा पाकेट फुल साप्ताहिक लक्की ड्र कुपन हुन्छ । स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले एक लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यस योजना अवधिभर साप्ताहिक पाकेट फुल लक्की ड्र कुपनमध्येबाट हरेक हप्ता लक्की ड्र गरी एकजना विजेताको घोषणा गरिने कम्पनीले जनाएको छ । जसले पाकेट फुल कार्यक्रममा गई पाकेट फुल गर्ने मौका पाउने छन् ।
साप्ताहिक पाकेट फुल कार्यक्रमको प्रसारण टेलिभिजनबाट गरिने तथा विजेताले तोकिएको समयभित्र बढीभन्दा बढी पैसा उल्लेख भएको कुपन समातेर आफ्नो पाकेट फुल गर्नुपर्नेछ, सोही कुपन बराबरको रकम विजेतालाई प्रदान गरिने कम्पनीले जनाएको छ ।