नायक धिरज मगरले डेबु गरेका चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’मा अहिले सिनेमाघरमा सफलताका साथ चलिरहेका छन् ।
निर्माण टिमले यही खुसियाली साट्न बुधबार सेलिब्रेशन कार्यक्रममा निर्देशक रेनशा वान्तवा राईले अर्को चलचित्र ‘आई एम टुवान्टीवान’ घोषणा गरेकी थिइन ।
रेनाशा भन्छिन्,’चलचित्रको कथा तयार भएको छ। धिरज चलचित्रमा मुख्य भूमिकामा रहनेछन्। अभिनेत्रीमा सम्भवतस् नयाँ अनुहार ल्याउनेछौ। ‘ चलचित्रलाई आगामी बर्षको दशैमा रिलिज गर्ने तयारी गरिएको छ।
धिरज मगर र साम्राज्ञी लक्ष्मी शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले हालसम्म तीन करोड माथीको व्यापार गरेको निर्माण टिमले जानकारी दिएको छ।
कार्यक्रममा चलचित्रको सम्पूर्ण टिम उपस्थित रहेको थियो। तर कार्यक्रममा अभिनेत्री साम्राज्ञी अनुपस्थित रहेकी थिइन्। उनको अनुपस्थितको प्रश्नमा रेनशाले यो उनको कुरा हो भन्ने प्रतिक्रिया दिएकी थिइन् ।