नायिका क्षितिजा शाक्यको बुटिक करिश्माले रिबन काट्दै (फोटो फिचर र भिडियो सहित)

0

नायिका, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्यले राजधानीको काठमाडौंको सुन्धारास्थित काठमाडौं मलको चौथो तल्लामा बुटिक सञ्चालनमा ल्याएकी छिन् ।

शनिबार आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि नायिका करिश्मा मानन्धर, विशेष अतिथिका रुपमा पाल्नु हुने पहिलो रंगीन चलचित्र कुमारीकी नायिका तैत्यदेवी श्रेष्ठ तथा हाँस्य अभिनेत्री बसुन्धारा भुसालले ओम गणेशाय नमः भन्दै उनको अपारेल बुटिक रिबन काटेर शुभारम्भ गरेकी थिइन् ।

क्षितिजाले भन्नुभयो, अनलाइनमार्फत् आफ्ना फेसन डिजाइन अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउँदै आए पनि राष्ट्रियस्तरको माग पूरा गर्न काठमाडौं मलमा शोरुम सञ्चालन गरेको बताइन् ।

बुटिकमा बनारसी साडी, सिफनको साडी, झुम्का, १०० प्रतिशत पसमिनाको सल, फेसनेबल जत्तालगायतका सामानहरु पाइन्छ ।

क्षितिजा शाक्यले प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई खडा ओढाई स्वागत गरेकी थिइन् ।