बृहत रक्तदान कार्यक्रम सम्पन्न

0

दि इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब्स् डिस्ट्रिक ३२५ ए २  आज शनिबार हाँडीगाउँमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।          न्यू सन साइन सेकेन्डरी स्कुलको २१औं वार्षिक उपलक्ष्यमा उक्त रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रममा लायन्स क्लब अफ रामेछाप, लायन्स क्लब अफ नेपाल जनर्लिस, लायन्स क्लब अफ कन्टिनेटल, लायन्स क्लब अफ काठमाडौं भूगर्भ, लायन्स क्लब अफ नेपाल, मुमेन्ट जोन, लायन्स क्लब अफ फेलोसिप काठमाडौं, लायन्स क्लब अफ रामेछाप, सुनकोशी, लायन्स क्लब अफ रामेछाप, मन्थली, लायन्स क्लब अफ काठमाडौं, सगरमाथा, लायन्स क्लब अफ रामेछाप, लायन्स क्लब अफ काठमाडौं अमरदिप, लायक्स क्लब अफ गाइघाट सिटी, जनरल हार्ट फेडेरेसन, सनुगाँभा बाटीका नेपालको सहकार्यमा सम्पन्न भएको हो ।उक्त कार्यक्रममा २ सय ५० जनाले रक्तदान गरेको दि इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब्स् डिस्ट्रिक ३२५ ए २ का सचिव विष्णु प्रसाद पोखरेल जानकारी गराउनुभयो ।