शनिबार सम्पन्न मिस पोखरा–२०१८ को १०औं संस्करणको उपाधि पोखरा भिमसेन चोककी सारा बजिमयले जितिन् ।
पोखरा जेसिजयले आयोजना गरेको मिस पोखरा २०१८ को १७ जना प्रतियोगिलाई पछाडि पार्दै सारा बजिमयले मिस पोखरा–२०१८ को ताज पहिर्याउन सफल भईन् ।
सारा मिस पोखरा २०१८ को ताज सँगसँगै स्कुटर र नगद ५० हजार तथा अस्ट्रेलिया भ्रमणको अफर जितेकी हुन् भने मिस नेपालमा सहभागि जनाउन पाउने आयोजकले जानकारी गराउनु भयो ।
प्रतियोगितामा सुजिता केसी फस्ट रनरअप, मिनाश्री शर्मा सेकेन्ड रनरअपका साथै क्रमशः ३० हजार र आकर्षक उपहार र २० हजार र आकर्षक उपहार जितेकी थिइन् ।
मिस पोखरा–२०१८ प्रतियोगिता पोखराको पोखरा सिटी हलमा भएको थियो ।