सोमबार राति भएको खेलमा सिटीले टोटनहृयाममाथि १–० गोलले पराजित गरेको छ । सिटीले टोटनहृयामकै घरेलु मैदानमा पराजित गर्दै पुनः इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।
रियाद महरेजको १ गोलले सिटीले टोटनहृयामलाई पराजित गर्न सफल भएको हो । उनले खेलको छैटौं मिनेटमा एक मात्र गोलले सिटीलाई अग्रता दिलाएको थियो ।
सुरुवाती समयमा नै अग्रता बनाएको सिटीले बाँकी समयमा गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । पहिलो हाफमा १–० गोल अन्तरले अघि रहेको सिटी दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै विजयी भएको हो ।
विजयी सिटीको १० खेलबाट २६ अंक भएको छ । त्यस्तै टोटनहृयाम भने १० खेलबाट २१ अंक बनाएर लिगको पांचौ स्थानमा छ । लिगको दोस्रो स्थानमा रहेको लिभरपुलको पनि समान १० खेलबाट २६ अंक नै रहेको छ । लिगको तेस्रो स्थानमा २४ अंकसहित चेल्सी रहंदा चौथो स्थानमा भने र्आसनल २२ अंक रहेको छ ।