आकृति र रविन मिस थारु तथा मिस्टर थारु बने

0

 

मोरंगकी आकृति चौधरी र रविन चौधरीले यस वर्षको मिस थारु तथा मिस्टर थारु बन्न सफल भएका छन् ।

विजेताका रुपमा आकृती र रबिनले नगद पुरस्कार पचास हजार प्राप्त गरेका थिए । प्रतियोगिताको फाइनलमा आकृतिले १२ जना प्रत्रिस्पर्धीलाई उछिनेर मिस थारुको ताज आफ्नो पोल्टामा पार्न सफल भईन् भने रविनले १९ जना प्रतिस्पर्धालाई पछाडि पार्दै उक्त उपाधि जित्न सफल भए ।

प्रतियोगितामा विवेक चौधरी र सुनेस्वोरीकुमारी दास फस्ट रनर अप तथा दिपेनकुमार चौधरी र आशामा चौधरी सेकेन्ड रनर अप हुन सफल भए । फस्ट र सेकेन्ड रनर अप विजेतालाई क्रमशः नगद पचीस हजार र पन्ध्र हजार हात पारे ।

उक्त प्रतियोगितामा रजनिश र माया चौधरी मोस्ट ट्यालेन्टेड, सुनेश्वोरी कुमारी दाश र मनोज चौधरीलाई भिअर च्वाइस, बेस्ट वाल्क बलिराम र श्रिष्टि चौधरी, बेस्ट फोटोजेनिक दिपेन र प्रियंका चौधरी, पोप्लुकर चोईस आशमा र बिबेककुमार चौधरी, बेस्ट ड्रेस अवार्ड रबिन र सुनिता महतो र बेस्ट पेरसोनालिती आकृति र अभिषेक महतोले विजेता बन्न सफल भएका छन् ।

जह इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगितामा निर्णायक मण्डलमा पूर्वमिस नेपाल उषा खड्गी, सामाजिक अभियन्ता एवम् फिल्म निर्माता रामलाल चौधरी, अभिनेता नाजिर हुसैन, प्रदीपकुमार चौधरी, मिस्टर नेशनल युनिभर्स कौसिक प्रसाई र टेलिभिजन प्रस्तोता सुगारिका श्रेष्ठ रहेका छन्

प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर एवम् मिस नेपाल टप ५ प्रतिस्पर्धी निश्मा चौधरी, मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखी, मोडेल अफ दि वल्र्ड २०१८ दिक्पाल कार्की, मिस्टर थारु २०१७ चन्दन चौधरीलगायतले प्रशिक्षण दिएका थिए । उनीहरुलाई मोटिभेसनल, एक्टिङ, पर्सनालिटी डेभलपमेण्टलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

पहिलो सिजनका फस्ट रंनर सुभम चौधरीले सम्पूर्ण थारु ड्रेस डिजाइन गरेका थिए ।