एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिप–२०१८ को मिक्स टिममा भारतले उपाधी हात पारेको छ ।
बिहीबार भएको फाईनलमा नेपाललाई ३–१ ले पराजित गर्दै उक्त उपाधी आफ्नो पक्षमा पार्न सफल भएको हो । भारत अघिल्लो संस्करणको विजेता हो ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाईनलमा भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा नेपाललाई पराजित ग¥यो । पुरुष एकलमा भने नेपालले भारतलाई पराजित ग¥यो ।
हलचोक स्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको बेष्ट अफ फाईभको खेलमा पुरुष एकलमा नेपालका नविन श्रेष्ठले भारतका प्रियान्सु रजावतलाई २१–१२, २१–१७ ले पराजित गरे । अन्य खेलमा नेपालका खेलाडीहरुले लय समत्न सकेनन् । महिला एकलमा नेपालकी रशिला महर्जन भारतकी माल्भिका बासोद संग २१–८, २१–५ ले पराजित भईन् । यस्तै पुरुष जोडीमा नविन र प्रिन्स दाहालको जोडीले भारतका बिष्णुबर्दन गाउड पन्जला र ध्रुव रावतको जोडीलाई २१–१५, २१–१७ अंकको जित सुम्पे । अर्को खेलमा महिला जोडी तर्फ नेपालका जेशिका गुरुङ्ग र रञ्जना भट्टको जोडी भारतका खेलाडी पूर्वा बार्भे र तानिशा क्राष्टो संग २१–५, २१–५ ले पराजित हुंदै ३–१ को हार ब्यह्यो¥यो । नेपाल अघिल्लो संस्करमा पनि दोस्रो स्थानमा रहेको थियो ।
नेपाल सहित भारत, बंगलादेश, मालदिभ्स र श्रीलङ्काको सहभागिता रहेको प्रतियोगितामा बंगलादेश र श्रीलङ्काले तेश्रो स्थानमा रहे ।