सिटिजन्सद्वारा प्रभात माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

0

 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका वडा नं ७ मैनादीमा रहेको श्री प्रभात माध्यमिक विद्यालयलाई २ लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजितएक कार्यक्रमबीच बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवरलाई २ लाखको चेक हस्तान्तरण गर्नुभयो ।

कृषिबाली विज्ञान अध्ययन गर्ने पी.जे.टी.ए.का विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न चाहिने सामाग्रीको खरिद गरिनुका साथ साथै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका निम्ति उक्त रकमको प्रयोग गरिने कुरा अध्यक्ष कुँवरले जानकारी गराउनुभयो ।

बैंकले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकरात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा प्रेस विज्ञप्तिमा जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ३ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।